Isaiah 8:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो अति पवित्रताले गर्दा म ठेस लाग्‍ने ढुङ्गाजस्‍तो छु। म यहूदा, इस्राएल र यरूशलेमका मानिसहरूलाई फसाउने पासोजस्‍तो छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र उहाँ नै तेरो वासस्‍थान हुनुहुनेछ, तर इस्राएलका दुवै घरानाका निम्‍ति उहाँ एउटा ढुङ्गा हुनुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्‌न लगाउँछ। अनि उहाँ यरूशलेमका मानिसहरूका निम्‍ति धराप र पासो हुनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ पवित्रस्थान बन्‍नुहुनेछ; तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ यस्तो ढुङ्गो बन्‍नुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ; अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ, अनि तिनीहरूलाई फसाउने एउटा पासोजस्तो बन्‍नुहुनेछ। यरूशलेमका मानिसहरूका निम्ति उहाँ धराप र पासो हुनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीले परमप्रभुको आदर गर्यौ भने र उहाँलाई पवित्र ठान्यौ भने, उहाँले तिम्रोलागि सुरक्षा दिनुहुनेछ। तर तिमीले उहाँको आदर गरेनौ। यसैले तिमीहरूले ठेस खानेछौ। परमेश्वर चट्टान सरह हुनुभयो। उहाँ चट्टान हुनुहुन्छ जसद्वारा इस्राएलका दुइ परिवारहरूले नराम्रो ठेस खाए। यरूशलेमका सारा मानिसहरूलाई समात्नका लागि परमप्रभु एक पासो हुनहुन्छ।