Isaiah 8:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफैंलाई याकूबका सन्‍तानदेखि लुकाउनुभएको छ। म उहाँमा भरोसा गर्नेछु र आशा राख्‍दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबको घरानादेखि आफ्‍नो मुख लुकाउनुहुने परमप्रभुको म प्रतीक्षा गर्नेछु, र उहाँमा नै म मेरो भरोसा राख्‍नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म याहवेहलाई पर्खनेछु, जसले याकोबका घरानाबाट आफ्नो अनुहार लुकाउनुभएको छ। उहाँमाथि म आफ्नो भरोसा राख्नेछु।
Nepali ERV (पवित्र बाइबल)
हामी परमप्रभुलाई हाम्रो सहयोगका लागि पर्खिनेछौं। परमप्रभु याकूबको परिवारले गर्दा लज्जित हुनु भयो। उहाँले तिनीहरूलाई भेट्ने इच्छा त्याग्नु भयो। तर म परमप्रभुलाई पर्खिनेछु। उहाँले हामीलाई बचाउनु हुनेछ।