Isaiah 8:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहाँ म परमप्रभुले मलाई दिनुभएको बाल-बालिकाहरूका साथमा छु। सर्वशक्तिमान् परमप्रभु, जसको सिंहासन सियोन पर्वतमा छ, उहाँले हामीलाई जीवित सन्देशहरूको रूपमा इस्राएलका मानिसहरूका बीचमा पठाउनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म र परमप्रभुले मलाई दिनुभएका छोराछोरीहरू यहीँ नै छौं। सियोन पर्वतमा विराजमान हुनुहुने सर्वशक्तिमान् परमप्रभुतर्फबाट इस्राएलमा हामी चिन्ह र लक्षण हौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मलाई दिनुभएका छोराछोरीहरूका साथमा म यहीँ नै छु। सियोन पर्वतमा विराजमान हुनुहुने सेनाहरूका याहवेहतर्फबाट इस्राएलमा हामी अलौकिक चिन्ह र सङ्केतहरू हौँ।
Nepali ERV (पवित्र बाइबल)
“म र मेरा छोरा-छोरीहरूले सही छाप गर्यौ र इस्राएलका मानिसहरूका लागि प्रमाण गर्छौ। हामीलाई सेनाहरूका परमप्रभुले पठाउनु भएको हो! ती परमप्रभु जो सियोन पर्वतमा बस्नुहुन्छ।”