Isaiah 8:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मानिसहरूले त तिमीहरूलाई भूत-प्रेत खेलाउने र मन्‍त्रतन्‍त्र गर्नेहरूबाट निधो लिनू भन्‍नेछन्, जसले फलाक्‍ने र मन्‍त्र जप्‍ने गर्दछन्। तिनीहरूले भन्‍नेछन्, “आखिरी मानिसहरूले प्रेतात्‍माहरूबाट निधो लिनुपर्नेछ र जिउँदाहरूको निम्‍ति मरेकाहरूसित जोखना हेराउनुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मानिसहरूले तिमीहरूलाई भूतप्रेत खेलाउने र तन्‍त्रमन्‍त्र गर्ने धामीझाँक्रीसँग सल्‍लाह लेओ भनी भन्‍लान्, तब के मानिसहरूले आफ्‍ना परमेश्‍वरकहाँ गएर सोध्‍नुपर्दैन र? जीवितहरूका विषयमा मरेकाहरूलाई किन सोध्‍ने?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूले तिमीहरूलाई तन्त्रमन्त्र गर्नेहरू र भूतप्रेत खेलाउनेहरूसित सल्‍लाह लिनुभन्दा के मानिसहरूले आफ्ना परमेश्‍वरसित सोध्नुपर्दैन र? जिउँदाहरूको पक्षमा किन मरेकाहरूसित सल्‍लाह लिने?
Nepali ERV (पवित्र बाइबल)
कतिपय मानिसहरू भन्छन्, “भूतप्रेत खेलाउने अनि जादूगरहरूलाई के गर्नु पर्ने?” ती भूतप्रेत खेलाउने र जादूगरहरूले कानेखुसी गरी उनीहरूले मात्र मानिसहरू समक्ष गुप्त कुराहरू जानेको भन्लान्। तर म तिमीलाई भन्छु कि मानिसहरूले परमप्रभुको आज्ञा माग्नु नै पर्छ! ती भूतप्रेत खेलाउने र जादूगरहरूले मुर्दालाई के गर्नु पर्ने भनेर सोध्छ। किन जीवित मानिसहरूले मुर्दाहरूबाट केही माग्नु पर्छ?