Isaiah 8:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोका र निराश भई मानिसहरू देशभरि डुलिहिँड्‍नेछन्। भोक र झोकमा तिनीहरूले आफ्‍ना राजा र आफ्‍ना परमेश्‍वरलाई सराप्‍नेछन्। तिनीहरूले माथि आकाशतिर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू कष्‍टित र भोका भएर देशमा घुमिहिँड्‌नेछन्‌। जब तिनीहरू अत्‍यन्‍तै भोका हुन्‍छन्, तब तिनीहरू रिसाउनेछन्, र मास्‍तिर हेरी आफ्‍ना राजा र आफ्‍ना परमेश्‍वरलाई सराप्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू दुःखी र भोका भई देशभरि घुमिहिँड्नेछन्; तिनीहरू क्रोधित भएपछि तिनीहरू रिसले चुर भएर मास्तिर हेर्दै तिनीहरूका राजा र तिनीहरूका परमेश्‍वरलाई सराप्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरूले त्यस्ता भूल आज्ञाहरू अनुसरण गर्यौ भने यस देशमा संकष्ट र अनिकाल आई पर्नेछ। मानिसहरू भोकै हुनेछन्। त्यसपछि तिनीहरू क्रोधित हुनेछन् र आफ्नै राजा र देवताहरूको विरूद्धमा अपमान गर्दै कुरा गर्नेछन्।