Isaiah 8:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही समयपछि मेरी पत्‍नी गर्भवती भइन्। जब हाम्रो छोरो जन्‍मियो, तब परमप्रभुले मलाई भन्‍नुभयो, “त्‍यसको नाम ‘महेर-शालल-हाज-बज’ राख।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मेरी पत्‍नी अगमवादिनीकहाँ म गएँ, र तिनी गर्भवती भएर एक जना छोरो जन्‍माइन्‌। अनि परमप्रभुले मलाई भन्‍नुभयो, “त्‍यसको नाउँ महेर-शालल-हाज-बज राख्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब म अगमवादिनीकहाँ गएँ; उनी गर्भवती भइन्, र तिनले एउटा छोरा जन्माइन्। याहवेहले मलाई भन्‍नुभयो, “त्यसको नाम महेर-शालल-हाज-बज राख्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि म अगमवादिनीकहाँ गएँ। उनी गर्भवती भएकी थिइन अनि उनको एउटा छोरो भयो। तब परमप्रभुले मलाई भन्नुभयो, “त्यस छोरोको नाउँ महेर-शाललहाज-बज राख।