Isaiah 9:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूर्वमा अराम र पश्‍चिममा पलिश्‍त देशहरू इस्राएललाई निल्‍न मुख बाएर बसेका छन्, तापनि परमप्रभुको क्रोध मरेको छैन, दण्‍ड दिनलाई उहाँका हात उठेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरामीहरूले पूर्वतिर र पलिश्‍तीहरूले पश्‍चिमतिरबाट मुख बाएर इस्राएललाई निलेका छन्‌। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पूर्वबाट अरामीहरू र पश्‍चिमबाट पलिश्तीहरूले मुख खोलेर इस्राएललाई खाएका छन्। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै पनि उठिराखेकै छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले पूर्वबाट अरामीहरू र पश्चिमबाट पलिश्तीहरू ल्याउनु हुनेछ। ती शत्रुहरूले आफ्ना सैन्य शक्तिहरूबाट इस्राएललाई पराजित पार्ने छन्। तर परमप्रभु इस्राएलप्रति रिसाइरहेकै हुनुहुनेछ। परमप्रभु मानिसहरूलाई दण्ड दिनलाई तयार हुनुहुन्छ।