Isaiah 9:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूका दुष्ट्याइँ काँडेझ्याङ र सिउँडीहरू भस्म गर्ने आगोझैँ जल्दछन्। धुवाँको मुस्लो माथि उडाएर बल्ने जङ्गलमा लागेको आगोझैँ त्यो दन्कनेछ र सबै मानिसहरूलाई भस्म पार्नेछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निश्चय नै आगोझैँ खराबी बल्छ, त्यसले सिउँड़ी र काँढ़ाहरू भस्म पार्छ। त्यसले वनका झाड़ीहरूलाई जलाउँछ, र ती धूवाँको बाक्लो मुस्लो भएर माथितिर बटारिँदैजान्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि निश्चय नै दुष्टता आगोझैँ बल्छ; यसले सिउँडी र काँडालाई भस्म पार्नेछ; यसले वनका झाडीहरू आगो लगाइदिनेछ, र त्यो धुवाँको मुस्लोमा बटारिँदै उँभो-उँभो जानेछ।
Nepali ERV (पवित्र बाइबल)
दुष्टता सानो आगो जस्तै हो। प्रथम, त्यसले सिउँडी र काँढाहरू जलाउँछ। अर्कोपल्ट, त्यसले वनका विस्तृत घाँस र झाडीहरू जलाएर सखाप पार्दछ। अनि अन्तिममा यो भयंकर ठूलो आगो हुन्छ र प्रत्येक कुरा धूवाँमा परिणत हुन्छ।