Isaiah 9:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मनश्‍शे र एफ्राइमका मानिसहरूले एक-अर्कामाथि आक्रमण गर्नेछन्। तिनीहरूले एकसाथ मिलेर यहूदामाथि हमला गर्नेछन्। तरै पनि परमप्रभुको क्रोध मर्नेछैन, उहाँका हात दण्‍ड दिनलाई अझै उठेका हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मनश्‍शेले एफ्राइमलाई र एफ्राइमले मनश्‍शेलाई खानेछ, र तिनीहरू दुवै यहूदाको विरुद्धमा हुनेछन्‌। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मनश्शेले एफ्राइमलाई खानेछ र एफ्राइमले मनश्शेलाई खानेछ; ती दुवै एकसाथ यहूदाको विरुद्ध जाइलाग्नेछन्। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै उठिराखेकै छ।
Nepali ERV (पवित्र बाइबल)
(यसको तात्पर्य, मनश्शे एप्रैमको विरूद्ध लड्ने छ र एप्रैम मनश्शेको विरूद्ध लड्ने छ। अनि तिनीहरू दुवै यहूदाको विरूद्ध फर्किने छन्।) परमप्रभु अझ सम्म इस्राएल सगँ रिसाउनु भएको छ। परमप्रभु तिनीहरूलाई दण्ड दिन अझ पनि तयार नै हुनुहुन्छ।