Isaiah 9:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तपाईंले तिनीहरूका काँधमा परेको बोझको जूवा र आङमा पर्ने लौरो भाँचिदिनुभएको छ। धेरै दिनअघि मिद्यानका सेनालाई हराउनुभएझैँ तपाईंले आफ्‍नो प्रजालाई अत्‍याचार र थिचोमिचो गर्ने राष्‍ट्रलाई हराउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तपाईंले त्‍यसको बोझाको जुवा र त्‍यसको काँधको नोल, र त्‍यसलाई अत्‍याचार गर्नेको लाठो मिद्यानको हारको दिनमा भएझैँ चकनाचूर पारिदिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मिद्यानको पराजयको दिनमा झैँ तपाईंले तिनीहरूलाई भार भएको जुवा, र तिनीहरूका काँधमा परेको बोझ, साथै तिनीहरूलाई सताउनेहरूका लहुरोलाई भाँचिदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने तिमीहरूले गह्रुँ भार लगेर गयौ। मानिसहरूका ढाडका गह्रुँ भारी तिमीहरूले हटाएर लगिदियौ। मानिसहरूलाई दण्ड दिने फलामको डन्डा भाँचेर फालिदियौ। यो तिमीहरूले मिद्यानलाई पराजय गरेको बेला जस्तै हुनेछ।