James 1:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घाम लागेर खडेरी पर्दा फूलको बोटै सुकेर मर्छ। त्‍यसै गरी काम-काजको जन्‍जालमा धनको मालिकले पनि आफ्‍नो जीवन गुमाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने डढ़ाउने गर्मीसँग सूर्य उदाउँछ, र घाँसलाई ओइलाइदिन्‍छ। फूल झर्छ र त्‍यसको शोभा नष्‍ट हुन्‍छ। त्‍यसरी नै धनी मानिस पनि आफ्‍नै कामधन्‍धामा नष्‍ट भएर जान्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि चर्को तापसित सूर्य उदाउँछ, र बोटबिरूवालाई ओइलाइदिन्छ; त्यसको फूल झरिहाल्छ, र त्यसको सौन्दर्य नष्‍ट भइजान्छ। यस्तै किसिमले धनी मानिस आफ्नो उपलब्धीसँगै हराएर जानेछ।
Nepali ERV (पवित्र बाइबल)
सूर्यको उसको पोल्ने तापसित उदय हुन्छ। सूर्यको तापले घाँसलाई ओइलाईदिन्छ। फूल झर्छ, फूल सुन्दर थियो, तर अहिले त्यो भूँईमा झर्यो। धनी व्यक्तिसित त्यही कुराहुन्छ। उसको व्यपारको योजना गर्दा गर्दै मर्छ।
Nepali Tamang 2011
तिग्‍दा भिसम खरेडी तमा धिनीसे क्रोसी म्‍हेन्‍दोला दोङ स्‍याङ्सी निला। ओच्‍छे ओते जेबा म्‍हेन्‍दो ताइसी नाश तला। थेह्रङ् लसीन फ्‍युक्‍पो म्‍हिएनोन ह्राङला गेरी कोल्‍ना कोल्‍नान नाश तला।