James 1:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाँचको बेलामा टिक्‍न सक्‍ने मानिस नै धन्‍यको हो। दु:खमा स्‍थिर रहनेले नै परमेश्‍वरलाई प्रेम गर्नेहरूका लागि उहाँले प्रतिज्ञा गर्नुभएको जीवनको मुकुट पाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो मानिस धन्‍यको हो, जो आपत्‌-विपत्‌मा स्‍थिर रहन्‍छ, किनकि जाँचको सामना गरिसकेपछि त्‍यसले जीवनको त्‍यो मुकुट पाउनेछ, जो परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो मानिस धन्यको हो, जो आपत्-विपत्‌हरूमा स्थिर रहन्छ; किनकि त्यस जाँचमा त्यो पक्‍का ठहरिएपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका लागि प्रतिज्ञा गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
Nepali Tamang 2011
जस्‍तोन दुख तसैनोन नासी चिखम्‍बा म्‍हि चा परमेश्‍वरग्‍याम मोलम याङ्बा म्‍हि हिन्‍ना। थेह्रङ्बा दुख नासी जिन्‍माहेन्‍से थेसे जुकजुकधोनाला जुनी याङ्बा इनाम याङ्ला। थे इनाम चा परमेश्‍वरसे ह्राङदा माया लबा म्‍हिगदेदा पिन्‍ना भिसी कबुल लबा मुला।