James 1:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जसले मानिसहरूलाई छुटकारा दिने सिद्ध नियम सुनेर भुलिहाल्‍दैन तर नियालेर हेरी ध्‍यान लगाउँछ अनि पालन गर्छ, त्‍यसका सबै काममा परमेश्‍वरले आशिष् दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यो मानिस जसले स्‍वतन्‍त्रता दिने शुद्ध व्‍यवस्‍थालाई हेर्दछ र त्‍यसैमा लागिरहन्‍छ, अनि सुनेर बिर्सिहाल्‍ने होइन तर काम गर्ने पनि हुन्‍छ, त्‍यसले चाहिँ आफूले गरेको काममा आशिष्‌ पाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जसले स्वतन्त्रता दिने सिद्ध व्यवस्थालाई ध्यानसित हेर्छ, र आफूले सुनेको कुरालाई नबिर्सी गरिरहन्छ; तब त्यसले गरेको काममा त्यसले आशिष् पाउँछ।
Nepali ERV (पवित्र बाइबल)
तर वास्तवमा सुखी मानिस त्यो हो जसले परमेश्वरको सही नियम पालनगर्छ, जसले मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ। उसले त्यसलाई अध्ययन गरिरहन्छ। उसले परमेश्वरको वचन सुन्छ अनि उसले जे सुन्यो त्यो बिर्सदैन। तब वचनमा जे भनिएको छ पालन गर्छ। त्यस मानिस जसले त्यसो गर्छ, सुखी हुनेछ।
Nepali Tamang 2011
तर जुन म्‍हिसे थार्ना लबा परमेश्‍वरला ठिम अन्‍छार सेम लसी ङ्‌यान्‍सी भ्रला, थेसे परमेश्‍वरला बचन आम्‍लेःना गेएनोन लला। थेह्रङ्बा म्‍हिदा चा ह्राङसे लबा जम्‍मान गेरी परमेश्‍वरसे मोलम पिन्‍ना।