James 1:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले आफूलाई धर्मी सम्‍झिन्‍छ, तर आफ्‍नो जिब्रोचाहिँ तह लाउँदैन भने उसले आफैंलाई धोखा दिन्‍छ अनि उसको धर्म-कर्म व्‍यर्थै हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कोही मानिसले आफूलाई धर्मी सम्‍झन्‍छ, र आफ्‍नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्‍नो हृदयलाई धोका दिन्‍छ भनेता त्‍यस मानिसको धर्म व्‍यर्थ हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले आफैँलाई धर्मी सम्झन्छ र पनि आफ्नो जिब्रोमा लगाम लाउँदैन भने उसले आफूलाई धोका दिन्छ र त्यसको धर्मचाहिँ व्यर्थको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
कोही मानिस आफूलाई धार्मिक सम्झन सक्छ। तर यदि त्यो व्यक्तिले होशियारसित बोल्दैन भने उसले स्वयंलाई मूर्ख तुल्याइरहेको हुन्छ। उसको “धर्म” कुनै काममा आउँदैन।
Nepali Tamang 2011
चुदे खालैसे ह्राङसे ह्राङदान ङा परमेश्‍वरदा तेन्‍बा म्‍हि हिन्‍ना भिसी भिला, तर ह्राङला सुङ चा तहरी आथान्‍नी भिसम थेसे ह्राङसे ह्राङदान धोका पिन्‍बा हिन्‍ना। थेतबासेलमा थेसे परमेश्‍वरदा तेन्‍बा ताम तिगै गे आखेल्‍बा तला।