James 1:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर पितालाई मनपर्दो साँचो धर्म-कर्मचाहिँ दु:खमा परेका विधवा र टुहुरा-टुहुरीको हेर-विचार गर्नु अनि संसारका नराम्रा कुराबाट अलग रहनु हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा पिता परमेश्वरले शुद्ध र निर्दोष ठहराउनुभएको धर्म यही हो, अर्थात् अनाथ र विधवाहरूलाई तिनीहरूका सङ्कष्टमा हेरचाह गर्नु; अनि आफूलाई संसारको दूषित कुराहरूदेखि जोगाएर राख्नु हो।
Nepali ERV (पवित्र बाइबल)
पवित्र अनि असल धर्म जो परमेश्वरले स्वीकार गर्नु हुन्छ त्यो यस्तो छ टुहुराहरू अनि विधवाहरू जसलाई सहायताको आवश्यक्ता छ तिनीहरूको हेरचाह गर अनि आफू स्वयंलाई संसारको नराम्रो जीवनबाट मुक्त राख। यो नै धर्म हो जसलाई परमेश्वरले शुद्ध अनि असल ठानेर स्वीकार गर्नु हुनेछ।
Nepali Tamang 2011
परमेश्वर आबादा सेम निबा चोखोदेन सत्य तेन्बा ताम चा दुखरी परब तबा ह्रेम्बो सिबा म्रिङम्हेमेगदेदा ह्रो लबादेन टुहुरा कोलागदेदा सयार लबा ओच्छे जम्बुलिङला जम्मान आज्यबा तामगदे ख्लाबा हिन्ना।