James 2:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूमध्‍ये कसैले उसलाई ‘परमेश्‍वरले तिमीलाई आशिष् देऊन्, राम्रैसँग लगाऊ अनि राम्रैसँग खाऊ’ भन्‍छौ तर उसलाई चाहिएको केही पनि दिंदैनौ भने के भयो र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिमीहरूमध्‍ये कसैले त्‍यसलाई, “शान्‍तिसँग जाऊ, न्‍यानो गरी बस, पेटभरि खाऊ” मात्र भन्‍छ, तर त्‍यसको शरीरलाई चाहिने कुराहरूचाहिँ दिँदैन भने, त्‍यसबाट के लाभ हुन्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूमध्ये कसैले तिनलाई “म तिम्रो भलो चिताउँछु, जाऊ र न्यानो बस, अघाउने गरी खाऊ” भन्यो, तर तिनका शारीरिक खाँचोहरूचाहिँ पुर्‍याइदिँदैन भने त्यसबाट के फाइदा हुन्छ र?
Nepali ERV (पवित्र बाइबल)
अनि त्यो व्यक्तिलाई तिमीहरू भन्छौ, “शान्ति साथ जाऊ। म आशा गर्छु तिम्रोमा गरम लुगाहरू र प्रशस्त भोजन छन्।” यद्यपि तिमीहरू उसको खाँचो पुरा गर्दैनौ, तिमीहरूका शब्दहरू अर्थहीन छन्।
Nepali Tamang 2011
तर एनीगदे न्‍हङला खालैसे थेदा “ढुक्‍क तसी निउ ओच्‍छे ज्‍यबा चबा क्‍वान्‍बा लउ” भिसी थेला ल्‍हुइदा तोःबा स्‍हे चा आपिन्‍नी भिसम एनीगदेसे पाङ्बा तामला तिग गे?