James 2:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटै परमेश्वर हुनुहुन्छ भनेर के तिमी विश्वास गर्छौ? यो राम्रो हो। तर यस्तो विश्वास त दुष्टात्माहरूले पनि गर्छन् र डरले काम्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू विश्वास गर्दछौ कि परमेश्वर एउटै हुनुहुन्छ। त्यो असल हो। भूतात्माहरू पनि विश्वास गर्छन् र थरथर काम्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वर एक मात्र हुनुहुन्छ भनी तिमी विश्वास गर्छौ; यो असल कुरा हो! दुष्ट आत्माहरूले पनि त्यो विश्वास गर्छन् र काँप्तछन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू विश्वास गर्छौ परमेश्वर एक हुनुहुन्छ। साँच्ची नै! तर भूतहरूले पनि विश्वास गर्छन्, अनि तिनीहरू भयले काम्छन्।
Nepali Tamang 2011
एनीगदेसे परमेश्वर गिक जेन मुला भिसी विश्वास लमुला। थे ज्यबान ताम हिन्ना। थेह्रङ्बा ताम मी म्हङ म्हुङसेनोन विश्वास लमुला। तर परमेश्वर म्राङ्माहेन्से थेनीगदे यार्मुला।