James 3:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर माथिबाट आएको बुद्धि त चोखो, शान्‍ति दिने, सोझो र मिलनसार हुन्‍छ। यस्‍तो बुद्धि दया नै दयाले भरिएको हुन्‍छ अनि असल कामको फल फलाउँछ। यो पक्षपाती र कपटी हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जुन बुद्धि स्‍वर्गबाट आउँछ त्‍यो पहिले शुद्ध हुन्‍छ, तब त्‍यो शान्‍तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर स्वर्गबाट आउने बुद्धिचाहिँ पहिले त शुद्ध हुन्छ; अनि शान्तिप्रिय, विचारशील, आज्ञाकारी, दयालु, असल फलले भरिएको पक्षपातरहित र निश्छल हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर ज्ञान जो माथिका परमेश्वरबाट आउँछ त्यो यस्तो हुन्छ प्रथम त्यो शुद्ध हुन्छ। त्यो शान्तिमय नम्र र र्तक संगति हुन्छ। यो ज्ञान सर्वदा जो मानिसहरू समस्यामा छन् तिनीहरूलाई सहायता गर्न सधैँ तत्पर रहन्छ अनि अन्य मानिसहरूको लागि उपकार गर्ने हुन्छ। यो ज्ञान सदैव निष्पक्ष अनि इमान्दार हुन्छ।
Nepali Tamang 2011
तर परमेश्‍वरग्‍याम खबा ज्ञान बुद्धिला मुल ताम चा चोखो हिन्‍ना। ओच्‍छे शान्‍ति भबा, जम्‍मानदेन छ्‌याम ढिक्‍सी चिखम्‍बा, सोजो, दयासे प्‍लिङ्बा, जम्‍मान गे ज्‍यबा लबा, खालैला ली च्‍यासी गे आलबादेन खालैदा चिप्‍ले ताम आलबा तमुला।