James 3:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसै गरी ठूलो जहाज पनि कडा बतासको वेगले गइरहेको भए पनि यसलाई साना कर्णधारले फनक्कै फर्काउन सक्छ। जहाज चालकले आफूले भनेतिर यसलाई फर्काउन सक्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर त, जहाजहरू जो तेज हावाले चल्दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्नो इच्छाअनुसार जता मन पर्यो त्यतै लान्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अथवा उदाहरणको लागि जहाजलाई लिऔँ—तिनीहरू यति ठूला र तेज बतासद्वारा चल्नेभए तापनि नाविकले एउटा सानो पतवारको सहारा लिएर जहाजलाई आफ्नो इच्छाअनुसार जता मन लाग्छ, त्यतैतिर लैजान्छ।
Nepali ERV (पवित्र बाइबल)
जहाजहरू पनि यस्तै हुन्छन्। जहाज अत्यन्त विशाल हुन्छ अनि यसलाई शक्तिशाली वायुले धकेल्छ। तर सानो पतवारले विशाल जहाजलाई नियन्त्रण गर्छ। अनि नाविकले जहाज कता जानुपर्नेहो निर्णय गर्छ।
Nepali Tamang 2011
च्यागो, पानी जहाजगदेएनोन गाते घ्रेन मुला, ओच्छे थे लाबाला तोडसे भ्रमुला। तसैनोन थे चलब लबा म्हिसे सिङला जजाबा क्याबाला भररी ह्राङदा भोर्गे म्हन्बा ग्लारी भोर्खम्मुला।