James 3:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जिब्रोचाहिँ आगोजस्‍तो हो। यो शरीरका अङ्‌गहरूमध्‍ये सबैभन्दा दुष्‍ट हो। यसले सिङ्गै शरीरमा कलङ्क लाउँछ। यसले नरकको आगो लिएर हाम्रो पूरै जिन्‍दगीमा आगो लगाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जिब्रो पनि एउटा आगो नै हो। यो शरीरका अङ्गहरूमध्‍ये अधर्मको एउटा दुनियाँ नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्‍काइदिन्‍छ र नरकको आगोमा त्‍यो जल्‍छ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जिब्रो पनि एउटा आगोजस्तै नै हो; शरीरका अङ्गहरूमध्ये दुष्‍टताको संसार नै हो। यसले सम्पूर्ण व्यक्तिलाई दूषित पार्छ; त्यसको जीवनको सम्पूर्ण प्रवाहमा आगो लगाइदिन्छ, र यो आफू पनि नरकको आगोमा जल्छ।
Nepali ERV (पवित्र बाइबल)
जिब्रो आगोको फिलुंगो जस्तै हो। हाम्रो शरीरका अंशहरू मध्ये यो दुष्टताको संसार हो। कसरी? जिब्रोले सारा शरीर नष्ट पार्छ। यसले हाम्रो सम्पूर्ण अस्तित्व नै ध्वंश पार्न सक्छ र नरकको आगोमा त्यो जल्छ।
Nepali Tamang 2011
थेतबासेलमा य्‍हाङला लेएनोन मे ह्रङ्‌बान हिन्‍ना। तिग्‍दा भिसम चु य्‍हाङला ल्‍हुइला जम्‍मान भन्‍दा नइबा गे लपुङ्बा स्‍हे हिन्‍ना। चुसे य्‍हाङला पूरान जुनी न्‍होङ्ना लसी नर्गला मेरी झाङ्मुला। ओच्‍छे थे ह्राङएनोन नर्गला मेसे क्रोसी नाश तमुला।