James 4:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू, कसैको विरुद्ध नराम्रो नभन। आफ्‍ना विश्‍वासी दाजु वा भाइको विरुद्ध नराम्रो भन्‍ने र दोष लगाउने व्‍यक्ति व्यवस्थाकै विरोधमा बोल्‍छ र व्यवस्थालाई दोष लगाउँछ। तिमीले व्यवस्थाको न्‍याय गर्‍यौ भने तिमी यसको पालना गर्ने होइन तर न्‍याय गर्ने बन्‍छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, एउटाले अर्काको विरुद्धमा खराब कुरा नगर। जसले आफ्‍नो भाइको विरुद्धमा खराब बोल्‍छ, अथवा आफ्‍नो भाइलाई दोष लाउँछ, त्‍यो व्‍यवस्‍थाको विरुद्धमा बोल्‍छ, र त्‍यसले व्‍यवस्‍थाको दोष देखाउँछ। तर यदि तिमीले व्‍यवस्‍थाको दोष देखाउँछौ भने त तिमी व्‍यवस्‍थाबमोजिम चल्‍ने भएनौ, तर व्‍यवस्‍थाको न्‍यायकर्ता पो भयौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको निन्दा नगर। जसले आफ्ना दाजुभाइ-दिदीबहिनीको विरुद्धमा बोल्छ वा उसलाई न्याय गर्दछ, उसले व्यवस्थाको विरुद्धमा बोल्दछ, र त्यसको न्याय गर्छ। जब तिमीहरूले व्यवस्थाको न्याय गर्छौ भने तिमीहरूले त्यो पालन गरेका हुँदैनौ, तर न्यायकर्ता बनेर त्यसमाथि बसेका हुन्छौ।
Nepali ERV (पवित्र बाइबल)
भाइ अनि बहिनीहरू, एक अर्काको विरूद्ध केही पनि नभन। जब तिमीहरू ख्रीष्टमा विश्वासी भाइलाई जाँच्छौ, तब तिमीहरू उनले अनुसरण गरेको नियम जाँच गरिरहेछौ। अनि जब तिमीहरू नियमको जाँच गरिरहेका हुन्छौ, तिमीहरू नियम अनुसरण गर्ने हुँदैनौ। तर तिमीहरू व्यवस्थाको न्यायकर्त्ता भयौ।
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदे, एनीगदेसे गिकसेम गिकदा बिरोध लसी आज्‍यबा ताम थापाङ्‍गो। तिग्‍दा भिसम जुन म्‍हिसे ह्राङला ज्‍योज्‍यो आले नाना आङादा बिरोध लसी दोष लला थेसे परमेश्‍वरला ठिमदा बिरोध लसी दोष लबा हिन्‍ना। चुदे एसे परमेश्‍वरला ठिमला दोष उन्‍जी भिसम ए ठिम अन्‍छार भ्रबा म्‍हि आहिन। तर ठिमला निसाफ लबा म्‍हि हिन्‍ना।