James 4:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूले चाहना गरेको कुरा नभेट्दा नै मारकाट चल्‍छ। तिमीहरूलाई कुनै कुरा नभई हुँदैन अनि त्‍यो पाउन नसक्‍दा लडाइँ र झैझगडा गर्छौ। परमेश्‍वरसँग नमागेकोले तिमीहरूले खोजेको कुरा पाउँदैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू इच्‍छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्‍या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्‍दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्‍वरसँग माग्‍दैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू इच्छा गर्दछौ, तर पाउँदैनौ; त्यसैले तिमीहरू हत्या गर्दछौ। तिमीहरू लालच गर्दछौ, तर तिमीहरूले चाहेका कुराहरू पाउँदैनौ; त्यसैले तिमीहरू झगडा र लडाइँ गर्दछौ; तर पनि तिमीहरूले पाउँदैनौ, किनकि तिमीहरू परमेश्‍वरसित माग्दैनौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू चाहन्छौ तर पाउँदैनौ जे तिमीहरू चाहन्छौ। यसर्थ तिमीहरू हत्या गर्छौ अनि अन्य मानिसहरू प्रति इर्ष्या गर्ने हुन्छौ। तैपनि जे इच्छा गर्छौ तिमीहरूले पाउँदैनौ। तिमीहरू झन बहस गर्छौ अनि जुझ्छौ। तिमीहरूले इच्छा गरेको बस्तुहरू पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसित माँग्दैनौ।
Nepali Tamang 2011
एनीगदेसे जुन स्‍हे म्‍हाइमुला थे आयाङ्मुला। थेतबासेलमा एनीगदेसे म्‍हि साइमुला। एनीगदेसे ल्‍हानान लोभ लमुला, तर आयाङ्मुला। थेतबासेलमा एनीगदे ह्राङ ह्राङ न्‍हङरीन छेबा बङ्बा लमुला। एनीगदेसे जुन स्‍हे म्‍हाइमुला थे स्‍हे एनीगदेदेन छ्‌याम आरे। तिग्‍दा भिसम एनीगदेसे परमेश्‍वरदेन छ्‌याम आह्रीमुला।