James 5:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई हामीले सुखी सम्झन्छौं, कारण तिनीहरूले अन्तसम्मै दिगो रहेर सहे। अय्यूबको धैर्यको बारेमा तिमीहरूले सुनेका छौ। आखिरमा प्रभुले कसरी उनलाई भरिदिनुभयो, त्यो पनि जान्दछौ। प्रभु दया र मायाले भरिएको हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्तो करुणामय र कृपालु हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूलाई थाहै छ, कि कष्ट सहनेहरूलाई हामी धन्यका ठान्छौँ। तिमीहरूले इयोबको सहनशीलताको विषयमा सुनेका छौ, र प्रभुले अन्त्यमा तिनको निम्ति के गर्नुभयो, सो देखेका छौ। प्रभु करुणा र दयाले भरपूर हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हामी तिनीहरूलाई खुशी ठान्छौ जसले धैर्यपूर्वक अप्ठ्यारो परिस्थितिको सामना गरे। तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ। तिमीहरूलाई थाहा छ, अय्यूबले सबै यातना सामना गरे पछि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। यसले यो झल्काउँछ कि परमप्रभु दयामयी अनि कृपामयी हुनुहुन्छ।
Nepali Tamang 2011
थेनीगदेसे जम्मान दुख नाखम्बासे लमा य्हाङसे थेनीगदेदा मान लमुला। ओच्छे अय्यूबसेनोन जम्मान दुख नाखम्जी भिबा तामला बारेरी एनीगदेसे थेःबा मुला। थेह्रङ् लसीन प्रभुसे लिच्छा अय्यूबदा दोःसी जम्मान स्हे पिन्जी भिबा ताम एनीगदेदा थानोन मुला। प्रभुसे ल्हानान माया उन्सी दया लमुला।