James 5:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुनचाँदीमा कस परिसकेको छ। त्यही कस नै तिमीहरूका विरुद्धमा साक्षी हुनेछ र आगोले झैँ त्यसले शरीरलाई नाश गर्नेछ। यी अन्तिम दिनहरूमा तिमीहरूले धन-सम्पत्ति थुपारेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका सुनचाँदीमा कस लागेको छ, र त्यही कस तिमीहरूका विरुद्धमा साक्षी हुनेछ, र आगोले जस्तै तिमीहरूको शरीर खानेछ। तिमीहरूले आखिरी दिनहरूका निम्ति धन साँचेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका सुन र चाँदीमा कस लागेको छ। ती कसहरूले तिमीहरूको विरुद्धमा साक्षी दिनेछन्, र तिमीहरूका मासु आगोले झैँ खानेछन्। तिमीहरू यी आखिरी दिनहरूमा पनि धनसम्पत्ति साँच्दैछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका सुन चाँदीमा कस लाग्नेछ अनि त्यो कसले तिमीहरूको विरोधमा साक्षी दिनेछ। त्यो कसले तिमीहरूको शरीरलाई आगोले झै खानेछ। तिमीहरुले सम्पती आखिरि दिनमा सञ्चितगरेका छौ।
Nepali Tamang 2011
ओच्छे एनीगदेला म्हर म्हुइरी खिया खबा मुला। थेनोन खियासे एनीगदेला दोष उन्ना। ओच्छे थेनोन खियासे एनीगदेला ल्हुइ मेसे ह्रङ् लसी क्रोसी नाश लला। तसैनोन परमेश्वरसे निसाफ लबा चु धिनरी एनीगदेसे ल्हानान धन सम्पत्ति सोसी थान्बा मुला।