James 5:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका खेतमा काम गर्नेहरूलाई दिनुपर्ने ज्याला दिएका छैनौ। उनीहरूको बिलौना सुन। तिम्रा बाली उठाउने खेतालाहरूका रुवाइ सर्वशक्तिमान् परमप्रभु परमेश्वरको कानसम्म पुगिसकेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन खेतालाहरूले तिमीहरूका खेतका बाली काटेका छन्, तिमीहरूले धोकाबाजी गरेर नदिएको तिनीहरूको ज्याला नै कराउँछ, र ती बाली काट्नेहरूको पुकारा सेनाहरूका परमप्रभुका कानसम्मै पुगेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, तिमीहरूका खेतमा कटनी गर्ने खेतालाहरूको ज्याला, जुन तिमीहरूले दिएनौ; ती तिमीहरूको विरुद्धमा कराइरहेका छन्। ती कटनी गर्ने खेतालाहरूको विलाप सर्वशक्तिमान् प्रभुको कानमा पुगेको छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले तिमीहरूको खेतमा काम गरे, तर तिमीहरूले तिनीहरुलाई ज्याला दिएनौ। ती मानिसहरु तिमीहरुको विरूद्ध आवाज गरिरहेछन्। ती मानिसहरूले तिमीहरूको फसलहरू काटे। अहिले तिनीहरूले कराएको आवाज स्वर्गका परमप्रभुको सेनाहरूले सुने।
Nepali Tamang 2011
एनीगदेसे ह्राङला बुरी गे लबा म्हिगदेदा पिन्तोःबा ज्यालाएनोन पिन्बा आरे। च्यागो, थेनीगदेदा पिन्तोःबा ज्यालासेन क्रिङ्सी एनीगदेदा बिरोध लला। जम्मान भन्दा शक्तिशाली परमेश्वरसे बुरी गे लबागदे क्राबा क्रिङ्बा लबा थेःसी जिन्बा मुला।