Jeremiah 1:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यर्मिया, तयार हो, गएर मैले तँलाई आज्ञा गरेका सबै कुरा तिनीहरूलाई सुना। अब तिनीहरूसित नडरा। नत्र म तँलाई तिनीहरूका सामु अझ बढी डराउने बनाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तँचाहिँ तयार हो! उठ्, र जे-जे कुराको म तँलाई आज्ञा दिन्छु ती तिनीहरूलाई भन्। तिनीहरूदेखि तँ नडरा, नत्रता म तँलाई नै तिनीहरूका सामुन्ने भयभीत पार्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण उठ्, र आफूलाई तयार गर्! मैले तँलाई आज्ञा गरेका सबै कुरा तिनीहरूलाई भन्। तिनीहरूसँग नडरा, नत्रता म तँलाई तिनीहरूको अगि भयभीत बनाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
यर्मिया तिमी चाहिँ, तैयार हौ उठ र मानिसहरूलाई भन। मैले दिएको प्रत्येक आदेश तिनीहरूलाई भन। मानिसहरूसित नडाराऊ नत्र म तिमीलाई भयभीत पार्नेछु।