Jeremiah 1:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए यर्मिया, सुन्! यस देशका सबै जना, यहूदाका राजा, भारदार, पूजाहारी र मानिसहरू तेरो विरुद्धमा खडा हुनेछन्। तर आज तिनीहरूको सामना गर्ने शक्ति म तँलाई दिंदैछु। एउटा किल्‍लाले सुरक्षित गरिएको सहरजस्‍तो, फलामको खामो र काँसाको पर्खालजस्‍तो म तँलाई बलियो बनाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आज यो सारा देश, यहूदाका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र देशका मानिसहरूका विरुद्धमा उभिनलाई मैले तँलाई एक किल्‍ला भएको सहर, फलामको खामो र काँसाको पर्खाल बनाएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आज मैले तँलाई सम्पूर्ण देशको विरुद्धमा—यहूदाका राजाहरू, त्यसका हाकिमहरू, त्यसका पुजारीहरू र देशका मानिसहरूको विरुद्धमा खडा हुन फलामको खम्बा, काँसाको पर्खाल र एउटा बलियो किल्‍ला भएको सुरक्षित सहर बनाएको छु।
Nepali ERV (पवित्र बाइबल)
आज म तिमीलाई फलामको खम्बा झैं अनि काँसाको पर्खाल झैं बलियो र दृढ शहर बनाउनेछु। यहूदाको राज्यमा राजाहरू, नेताहरू, पूजाहारीहरू र सर्वसाधारण मानिस प्रत्येकको सामुन्ने तिमी उभिन सक्नेछौ।