Jeremiah 1:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभुले मलाई भन्नुभयो, “म बालकै छु भनी नभन् तर जुन मानिसहरूबीच म तँलाई पठाउँदछु, तिनीहरूकहाँ जा र म तँलाई जे आज्ञा गर्दछु, ती तिनीहरूलाई सुना।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुले मलाई भन्नुभयो, “‘म त बालकै छु,’ भनी नभन्। जसकहाँ म तँलाई पठाउँछु ती हरेककहाँ तँ जानैपर्छ र जे-जे म तँलाई आज्ञा गर्छु, ती तैंले भन्नैपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेहले मलाई भन्नुभयो, “म बालकै छु भनी नभन्। मैले तँलाई पठाएका सबै मानिसहरूकहाँ तँ जानैपर्छ र मैले तँलाई जे-जे आज्ञा गर्छु, त्यो तैँले भन्नैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभुले मलाई भन्नुभयो, “त्यसो नभन, ‘म खाली एउटा बालक हुँ।’ तिमी चारैतिर जानै पर्छ, जहाँ म तिमीलाई पठाउँछु। तिमीले सबै कुरा भन्नै पर्छ जो म तिमीलाई भन्नेछु।