Jeremiah 1:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि परमप्रभुले हात पसार्नुभएर मेरो ओठ छुनुभयो र मलाई भन्नुभयो, “सुन्, तैँले बोल्नुपर्ने वचन म तँलाई दिन्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब आफ्नो हात पसारेर परमप्रभुले मेरो मुख छुनुभयो, र मलाई भन्नुभयो, “अब, मैले मेरा वचन तेरो मुखमा हालिदिएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि याहवेहले आफ्नो हात पसारेर मेरो मुख छुनुभयो र मलाई भन्नुभयो, “मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले आफ्ना हातहरू तन्काएर मेरो मुखमा छुनु भयो। परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, म मेरा वचनहरू तिम्रो मुखमा राख्दैछु।