Jeremiah 10:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिमीहरूलाई यस देशबाट बाहिर धपाउनुहुनेछ। एक जना पनि बाँकी नराखी उहाँले तिमीहरूलाई धुलोपिठो पार्नुहुनेछ। परमप्रभु बोल्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: “यस बेला म यस देशका बासिन्‍दाहरूलाई फ्‍याँकिदिनेछु। तिनीहरूमाथि सङ्कष्‍ट ल्‍याउनेछु, ताकि तिनीहरू पक्राउ परून्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेह यसो भन्‍नुहुन्छ: “यसै समयमा म यस देशमा बस्‍नेहरूलाई झटारो हानेर निकालिदिनेछु; म तिनीहरूमाथि सङ्कष्‍ट ल्याउनेछु, ताकि तिनीहरू पक्राउ परून्।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ “यस समय म यहूदाका मानिसहरूलाई देशबाट बाहिर निकाली दिनेछु। म तिनीहरूमाथि संकटहरू ल्याइदिनेछु ताकि तिनीहरूलाई पक्राइनेछ।”