Jeremiah 10:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा पालहरू नष्ट भएका छन्, सबै डोरीहरू चुँडिएका छन्। हाम्रा बाल-बच्चाहरू सबै गइसके, हाम्रा पालहरू फेरि बनाइदिने र पर्दाहरू टाँगिदिने कोही छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो पाल नष्ट भएको छ। त्यसका सबै डोरीहरू चुँड़िएका छन्। मेरा छोराहरू मबाट गइहाले, र तिनीहरू अब छैनन्। मेरो पाल टाँगिदिने र मेरो वासस्थान बनाइदिने अब कोही छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो पाल भत्काइएको छ; पालका सबै डोरीहरू चुडाइएका छन्। मेरा छोराछोरीहरू मबाट गइसकेका छन् र अब कोही पनि छैन; अब मेरो पाल टाँगिदिने अथवा मेरो वासस्थान ठिक गरिदिने कोही पनि बाँकी छैन।
Nepali ERV (पवित्र बाइबल)
मेरो पाल भत्काइयो। सारा डोरीहरू चुँडाइयो। मेरा छोराछोरीहरूले मलाई त्यागे। तिनीहरू गए। मेरो पाल फैलाउन अथवा पालको पर्दा उठाउन यहाँ केही पनि छैन।