Jeremiah 10:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका मूर्तिहरू त कारिगरका हातका काम हुन्। सुनारले तर्शिश देशका चाँदी र उपज देशका सुनले मूर्तिहरू मोहोर्दछन्। तान बुन्‍ने सिपालु मानिसहरूले बुनेका नीला र बैजनी वस्‍त्र तिनीहरूलाई पहिराइदिन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर्शीशबाट पिटिएको चाँदी ल्‍याइन्‍छ, र उपज देशबाट सुन। जे कारीगर र सुनारले बनाउँछन्, बैजनी र नीला लुगा त्‍यसलाई लगाइन्‍छन्‌— ती सबै सिपालु मानिसहरूद्वारा बनाइन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्ति बनाउन तर्शीशबाट पिटिएको चाँदी र उपाजबाट सुन ल्याइन्छ। शिल्पकार र सुनारद्वारा त्यसलाई बनाइन्छ; अनि त्यसमा निलो र बैजनी रङ्गको लुगा लगाइन्छ। ती सबै थोक सिपालु कारिगरहरूद्वारा बनाइएका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मूर्तिहरू बनाउनु तर्शीशबाट चाँदी अनि उपज देशबाट सुन ल्याउछन्। मूर्तिकार र सुनारहरूले मूर्तिहरू बनाउँछन् र नीलो र बैंजनी लुगाहरू लगाइदिन्छन्। निपुण “शिल्पीहरूले” यी सब “चीजहरू” बनाँउछन्।