Jeremiah 11:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदामा जति वटा सहरहरू छन्, त्‍यहाँका बासिन्‍दाहरूले त्‍यति वटै देवताहरू राखेका छन्। यरूशलेममा जति वटा गल्‍लीहरू छन्, त्‍यहाँका मानिसहरूले त्‍यति वटै वेदीहरू त्‍यो लाजलाग्‍दो बाल-देवतालाई बलि चढाउन खडा गरेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे यहूदा, तिमीहरूका जति सहरहरू छन्, त्‍यति नै तिमीहरूका देवताहरू भएका छन्‌। यरूशलेमका जति गल्‍लीहरू छन्, शर्मलाग्‍दो बाल देवतालाई धूप चढ़ाउने वेदीहरू पनि त्‍यति नै भएका छन्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे यहूदा, तँसित जति सहरहरू छन्, त्यति नै देवताहरू छन्; अनि तैँले त्यस लाजमर्दो बाल-देवताको निम्ति धूप बाल्न खडा गरेका वेदीहरू त्यति नै छन्, जति यरूशलेमका सडकहरू छन्।’
Nepali ERV (पवित्र बाइबल)
“हे यहूदाका मानिसहरू! तिमीहरूसंग जति शहरहरू छन त्यति नै मूर्तिहरू छन्। लज्जापूर्ण बाल देवताको पूजा गर्न यरूशलेम शहरमा जति गल्लीहरू छन् त्यति नै वेदीहरू छन्।