Jeremiah 11:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए यर्मिया, यस जातिको निम्‍ति मलाई प्रार्थना नगर्‌, मसित बिन्‍ती नगर्‌। आफ्‍ना दु:खका समयमा तिनीहरूले सहायताको निम्‍ति मलाई पुकारा गर्दा म सुन्‍नेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यस जातिको निम्‍ति प्रार्थना नगर्, अथवा तिनीहरूका निम्‍ति पुकारा वा बिन्‍ती नचढ़ा, किनभने तिनीहरूका दु:खको समयमा तिनीहरूले गरेको पुकारा म सुन्‍नेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यी मानिसहरूका निम्ति प्रार्थना नगर्, न त कुनै विलौना अथवा बिन्ती नै गर्; किनकि तिनीहरूको विपत्तिको समयमा तिनीहरूले सहायताका निम्ति मेरो पुकार गर्दा म सुन्‍नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
“यर्मिया, यहूदाका मानिसहरूका निम्ति प्रार्थना नगर। तिनीहरूका निम्ति वकालत नगर। तिनीहरूले संकटको समय जतिबेला सहायताका निम्ति प्रार्थना गर्छन म ध्यान दिँदिन।