Jeremiah 11:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “मैले प्रेम गरेका मानिसहरूले दुष्ट काम गरिरहेका छन्। मेरो मन्दिरमा आउन तिनीहरूको के अधिकार छ? के तिनीहरू भाकल र पशुको बलिदान गरेर विपत्ति पन्साउन सक्छौं भनी ठान्छन्? तब के तिनीहरू खुसी हुन्छन्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरो मन्दिरमा मेरी प्रिया के गर्दैछे, जब कि त्यसले आफ्नो दुष्ट योजना धेरैसित बनाइसकेकी छ? के अर्पण गरिएका मासुहरूले तिमीहरूको दण्ड परसम्म सार्न सक्छन् र? जब तिमीहरू दुष्ट काममा लाग्छौ, तब तिमीहरू हर्षित हुन्छौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरो मन्दिरमा मेरी प्रिय के गर्दैछे, जबकि त्यसले धेरैजनासँग कुकर्म गरिसकेकी छे? के अर्पण गरिएको मासुले तेरो दण्ड पन्साउन सक्छ र? जब तँ आफ्ना दुष्ट कर्महरूमा लाग्छेस्, तब तँ खुशी हुन्छेस्।”
Nepali ERV (पवित्र बाइबल)
“उसले धेरै डरलाग्दो कामहरू गरेको जान्दा जान्दै किन मैले मेरी प्रयसीलाई मेरा घरमा आदर गर्नु? यहूदा, के प्रतिज्ञाहरू र पशु बलिहरूले मात्र तिमीहरूलाई विनाशबाट बचाउनु सक्छ भन्ने तिमी सोच्छौ?”