Jeremiah 11:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक समय मैले तिनीहरूलाई असल फल लागेको एउटा सुन्दर हरियो जैतुनको रूख भनी नाम दिएको थिएँ। तर अब बिजुलीको गर्जनसाथ म त्यसका पातमा डढेलो लाइदिनेछु र हाँगाहरू भाँचिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले तिमीहरूलाई असल फल भएको सुन्दर हरियो जैतूनको रूख भनी नाउँ दिनुभएको थियो, तर भयङ्कर आँधीबेहरीको गर्जनसित उहाँले त्यसलाई आगो लगाइदिनुहुनेछ, र त्यसका हाँगाहरू भाँचिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तँलाई मौलाएको असल फलहरूको जैतुनको रूख भन्नुभयो। तर शक्तिशाली आँधीबेहरीको गर्जनले उहाँले त्यसलाई आगो लगाइदिनुहुनेछ; अनि त्यसका हाँगाहरू पूर्ण रूपमा भाँचिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले तिमीलाई नाउँ दिनुभयो। ‘उहाँले तिमीलाई राम्रो फल लागेको सुन्दर जैतूनको वृक्ष भनी बोलाउनु भयो।’ तर शक्तिशाली आँधी गजर्नसितै परमप्रभुले त्यस वृक्षलाई आगोमा जलाउनु हुनेछ अनि त्यसका हाँगाहरू जल्नेछ।