Jeremiah 11:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म सर्वशक्तिमान् परमप्रभुले इस्राएल र यहूदालाई रोपेको थिएँ तर अब मैले तिनीहरूमाथि विपत्ति ल्याउने फैसला गरेको छु। दुष्ट काम गरेर यो विपत्ति तिनीहरूले आफूमाथि ल्याएका हुन्। बाल-देवतालाई धूप बालेर तिनीहरूले मलाई रिस उठाएका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान् परमप्रभु, जसले तिमीहरूलाई रोप्नुभयो, उहाँले तिमीहरूमाथि विपत्ति ल्याउनलाई फैसला गर्नुभएको छ। किनभने इस्राएलका घराना र यहूदाका घरानाले दुष्ट काम गरेका छन्, र बाल देवताको निम्ति धूप चढ़ाएर मलाई रीस उठाएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेह, जसले तँलाई रोप्नुभयो, उहाँले तेरो विरुद्धमा विपत्तिको आदेश दिनुभएको छ; किनकि इस्राएल र यहूदाका मानिसहरूले बाल-देवतालाई धूपहरू बालेर दुष्ट काम गरेका छन् र मलाई रिस उठाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभुले तिमीलाई रोप्नु भयो अनि उहाँले भन्नुभयो कि ध्वंस आउनेछ किनभने इस्राएल र यहूदाका मानिसहरूले बाललाई सुगन्धित धूपहरू चढाएर अनिष्ट कामहरू गरे जुन कामले मलाई क्रोधित गरायो।”