Jeremiah 11:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मैले यसरी प्रार्थना गरें, “हे सर्वशक्तिमान् परमप्रभु, तपाईं मानिसहरूको न्याय गर्नुहुन्छ। तपाईंले मानिसहरूका हृदयका सोच र विचारको जाँच गर्नुहुन्छ। मेरा कुरा तपाईंका हातमा मैले सुम्पिसकेको छु। तपाईंले तिनीहरूसित बदला लिनुभएको म देख्न पाऊँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हे सर्वशक्तिमान् परमप्रभु, तपाईं जसले धर्मसित न्याय गर्नुहुन्छ, र हृदय र मनको जाँच गर्नुहुन्छ, तपाईंले तिनीहरूमाथि बदला लिनुभएको म देख्न पाऊँ, किनभने तपाईंलाई नै मैले मेरो मुद्दा सुम्पिदिएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तपाईं सेनाहरूका याहवेह, जसले धार्मिकतासाथ न्याय गर्नुहुन्छ; अनि हृदय र मनलाई जाँच गर्नुहुन्छ; तिनीहरूमाथि तपाईंको बदला म देख्न पाऊँ; किनकि मैले मेरो मुद्दा तपाईंलाई सुम्पिदिएको छु।
Nepali ERV (पवित्र बाइबल)
तर हे परमप्रभु! तपाईं एक निष्पक्ष न्यायकर्त्ता हुनुहुन्छ। तपाईं मानिसहरूका हृदय र इच्छाहरू जाँच गर्नु हुन्छ। तपाईंले तिनीहरूलाई दिने सजाय मलाई जान्न दिनुहोस् कारण मैले मेरो मामला तपाईंलाई सुम्पेको छु।