Jeremiah 11:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण सर्वशक्तिमान् परमप्रभुले यसो भन्नुभयो, “हेर, म तिनीहरूलाई दण्ड दिनेछु! तिनीहरूका युवकहरू लडाइँमा मारिनेछन्। तिनीहरूका छोरा-छोरीहरू अनिकालले मर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: ‘म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूका जवान मानिसहरू तरवारले मारिनेछन्, र तिनीहरूका छोराछोरीहरूचाहिँ अनिकालले मर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूका जवान मानिसहरू तरवारले र तिनीहरूका छोरीहरूचाहिँ अनिकालले मर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभुले भन्नुभयो, “म तिनीहरूलाई दण्ड दिनेछु। जवान मानिसहरू युद्धमा मर्नेछन्। तिनीहरूका छोरा-छोरीहरू भोकै मर्नेछन्।