Jeremiah 11:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन बेला मैले तिनीहरूका पुर्खाहरूलाई मिश्रबाट छुटाएर ल्‍याएँ, त्‍यस बेला मैले तिनीहरूलाई मेरो आज्ञापालन गर्न घरीघरी चेतावनी दिएँ र आजसम्‍म यी मानिसहरूलाई त्‍यस्‍तै चेतावनी दिइरहेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन बेला मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट छुटाएर ल्‍याएँ, त्‍यस बेलादेखि आजको दिनसम्‍म तिनीहरूलाई दृढ़तापूर्वक बारम्‍बार “मेरो आज्ञापालन गर” भनेर चेताउनी दिँदैआएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरो आज्ञापालन गर,” भनेर मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट ल्याएको समयदेखि आजसम्म मैले तिनीहरूलाई बारम्बार चेतावनी दिँदैआएको छु।
Nepali ERV (पवित्र बाइबल)
मैले मिश्रको भूमिबाट बाहिर ल्याएकै बेला तिमीहरूका पिता-पुर्खाहरूलाई चेताउनी दिएको थिएँ। त्यही दिन देखि नै मैले तिनीहरूलाई घरिघरि चेताउनी दिएँ। मैले तिनीहरूलाई मेरो आज्ञा पालन गर भन्दै चेताउनी दिदैं आएको हो।