Jeremiah 12:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “मेरो आफ्नो प्रजा इस्राएललाई अधिकार गर्न दिएको देश नाश गर्ने इस्राएलका छिमेकीहरूबारे मैले केही भन्नु छ। म ती दुष्ट जातिहरूलाई बोट उखेलेझैँ उखेलेर तिनीहरूको देशबाट हटाउनेछु। यहूदालाई पनि म तिनीहरूको माझबाट उखेल्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्नुहुन्छ: “मेरा सबै दुष्ट छिमेकीहरू, जसले मैले मेरा प्रजा इस्राएललाई दिएको पैतृक-सम्पत्ति जफत गरेका छन्, ‘म उनीहरूलाई उनीहरूका देशहरूबाट उखेल्नेछु, र यहूदाको घरानालाई उनीहरूका बीचबाट उखेल्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ: “मैले आफ्ना मानिस, इस्राएलीहरूलाई दिएको उत्तराधिकारमाथि हात लगाउने मेरा सबै दुष्ट छिमेकीहरूलाई, म तिनीहरूका देशबाट उखेल्नेछु, र म तिनीहरूका बीचबाट यहूदाका घरानालाई उखेल्नेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभु भन्नुहुन्छ “मैले मेरा इस्राएली मानिसहरूलाई दिएको भूमि नजिक बसो-बास गर्ने दुष्ट मानिसहरूलाई के गर्नेछु म तिमीलाई भन्नेछु। म ती मानिसहरूलाई तिनीहरूको ठाँउबाट उखेल्नेछु अनि तिनीहरूबाट यहूदा छुट्टाउनेछु।