Jeremiah 12:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूका देशहरूलाई उखेलेर हटाएपछि म तिनीहरूमाथि कृपा गर्नेछु। म तिनीहरूलाई तिनीहरूका देशको आफ्‍नै जमिनमा फर्काई ल्‍याउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उनीहरूलाई उखेलेपछि म फेरि उनीहरूलाई टिठ्याउनेछु, र उनीहरू हरेकलाई आ-आफ्‍नै पैतृकसम्‍पत्ति र आ-आफ्‍नै देशमा फेरि ल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूलाई उखेलेपछि म तिनीहरूमाथि फेरि दया देखाउनेछु; अनि तिनीहरू हरेकलाई तिनीहरूका आफ्नै उत्तराधिकारको भूमि र तिनीहरूका आफ्नै देशमा फर्काएर ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
जब ती मानिसहरूलाई देश निकाला गर्नु शेष हुन्छ, तिमीहरूमाथि दया राख्नेछु। म प्रत्येक मानिसलाई उसको आफ्नै पैतृक भूमिमा ल्याउनेछु।