Jeremiah 12:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले पहिला मेरो प्रजालाई बाल देवताको नाउँमा शपथ खान सिकाएझैँ यदि उनीहरूले अहिले ‘जीवित परमप्रभुलाई साक्षी राखी’ भन्‍दै मेरो नाउँमा शपथ खाएर मेरो प्रजाको चाल राम्ररी सिके भने उनीहरू मेरा प्रजाको बीचमा स्‍थापित हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उनीहरूले पहिले मेरो प्रजालाई बाल देवताको नाउँमा शपथ हाल्‍न सिकाएझैँ, यदि उनीहरूले ‘जीवित परमप्रभुको नाउँमा’ भन्‍दै मेरो नाउँमा शपथ खाएर मेरो प्रजाको चाल राम्ररी सिके भने, उनीहरू मेरा प्रजाको बीचमा स्‍थापित हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिनीहरूले मेरा मानिसहरूका चालचलनहरू राम्रोसँग सिकेर, ‘जीवित याहवेहको नाममा भनेर शपथ’ खाए भने तिनीहरूले एक पटक मेरा मानिसहरूलाई बाल-देवताको नाममा शपथ खान सिकाएका भए तापनि तिनीहरू मेरा मानिसहरूको बीचमा स्थापित हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यदि ती मानिसहरूले मेरा मानिसहरूलाई बालको नाउँमा शपथ गर्न सिकाए झैं मेरो नाउँमा ‘परमप्रभु जीवित हुनुहुन्छ’ भन्न साँचो रूपमा सिके भने म तिनीहरूलाई मेरा मानिसहरूको बीचमा स्थापित गराउछु।