Jeremiah 12:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहिलेसम्‍म हाम्रो देश सुख्‍खा रहने हो र मैदानको घाँस ओइलिरहने हो? यस देशका बासिन्‍दाहरूका दुष्‍ट्याइँले पशु-पक्षीहरू मरिरहेका छन्, तरैपनि यी मानिसहरू भन्‍छन्, “परमेश्‍वरले हाम्रो काम देख्‍नुहुन्‍न।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
देशमा कहिलेसम्‍म खड़ेरी परिरहने? र मैदानका घाँस कहिलेसम्‍म ओइलाइरहने? त्‍यहाँ बस्‍नेहरू दुष्‍ट भएका हुनाले, त्‍यहाँका पशुपक्षीहरू सबै नष्‍ट भएका छन्‌। त्‍यसबाहेक “हामीमाथि के हुँदैछ उहाँले देख्‍नुहुन्‍न” भनी मानिसहरू भनिरहेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कहिलेसम्म देश उजाड अवस्थामा रहिरहने र मैदानको घाँस ओइलिरहने? किनकि त्यस ठाउँमा बस्‍नेहरू दुष्‍ट छन्; जनावरहरू र चराहरू नष्‍ट भएका छन्। यसबाहेक, मानिसहरूले यसो भनिरहेका छन्, “हामीमाथि के हुँदैछ, परमेश्‍वरले देख्नुहुनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
कहिले सम्म जमीन सूख्खा रहन्छ? कहिले सम्म घाँस ओइलिन्छ? त्यहाँ बस्ने मानिसहरूको दुष्टयाईले गर्दा सब चरा-चुरूङ्गीहरू अनि पशुहरू लोप भइसके। तैपनि ती दुष्ट मानिसहरू भनिरहेका छन्, “यर्मियाले हामीमाथि के घट्छ देख्ने छैन।”