Jeremiah 12:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “मैले इस्राएललाई त्‍यागेको छु, आफ्‍नो निजी प्रजालाई छोडिदिएको छु। मैले प्रेम गरेको जातिलाई त्‍यसका शत्रुहरूका हातमा दिएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म मेरो घर छोड़िदिनेछु, मेरो उत्तराधिकार म फ्‍याँकिदिनेछु। मैले मन पराएकालाई म त्‍यसका शत्रुहरूका हातमा दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म आफ्नो घर इस्राएललाई त्यागिदिनेछु, म आफ्नो उत्तराधिकारलाई छोडिदिनेछु; मैले प्रेम गरेका मानिसहरूलाई म तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
“मैले आफ्नो घर परिवार त्यागेको छु, मैले आफ्नो सम्पत्ति छाडें। म जसलाई प्रेम गर्दछु उसैलाई उसको शत्रुहरूलाई सुम्पें।