Jeremiah 12:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो निजी प्रजा चारैतिरबाट बाजले आक्रमण गरेको एउटा चराजस्‍तै छ। जङ्गली जनावरहरूलाई तिनीहरूको मासु खान जम्‍मा गर्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के मेरो उत्तराधिकार मेरो निम्‍ति एउटा छिरबिरे शिकारी पक्षी जस्‍तै भएको छैन, जसलाई अरू शिकारी पक्षीहरूले घेरेर आक्रमण गरून्‌? जा, गएर सबै वन-पशुहरूलाई जम्‍मा गर्‌। त्‍यसलाई खान तिनीहरूलाई ले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के मेरो उत्तराधिकार, मेरा निम्ति शिकारी पक्षीहरूले वरिपरि घेरेर आक्रमण गरी चोट लागेको चराझैँ भएको छैन? जा, गएर सबै जङ्गली पशुहरूलाई भेला गर्; तिनीहरूलाई खान ती पशुहरूलाई लिएर आइज।
Nepali ERV (पवित्र बाइबल)
मेरा मानिसहरू मरेका पशुहरू जस्तै छन्। गिद्धहरू तिनीहरूको वरिपरि उडछन्। आऊ, जङ्गली हे पशुहरू हो। खान भेला होऊ।