Jeremiah 13:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्यसपछि म तिनीहरूलाई बुढा-पाका र युवाहरू सबैलाई एकनास गरी आपसमा एउटालाई अर्कोसित जुधाएर मारिछोड्नेछु। कुनै दया, करुणा वा कृपाका कारणले म आफ्नो हात थाम्नेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू एउटालाई अर्कामा, बुबाहरू र छोराहरूलाई आपसमा म थिचोमिचो गरिदिनेछु। म दया देखाएर वा टिठ्याएर तिनीहरूलाई सर्वनाश गर्नदेखि थामिनेछैनँ,’ परमप्रभु भन्नुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूलाई आमाबुबाहरू र छोराछोरीहरू समेतलाई एक-अर्काको विरुद्धमा जुधाइदिनेछु, याहवेह घोषणा गर्नुहुन्छ। मलाई दया, माया, कृपा अथवा कुनै पनि कुराले तिनीहरूलाई सर्वनाश गर्नबाट रोक्न सक्दैन।’ ”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई एक-अर्कामा चकनाचूर पार्नेछु, बाबु छोराहरूमा पनि आपसमा चक्नाचुर हुनेछन्”‘ परमप्रभु भन्नुहुन्छ “‘तिनीहरूका निम्ति म दुखी हुने छैन अनि म तिनीहरूमाथि क्षमा गर्ने छैन। यहूदाका मानिसहरूलाई ध्वंस पार्नु म रोकिने छैन्।”‘