Jeremiah 13:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूले यी मेरा कुरा सुनेनौ भने तिमीहरूका घमण्डका कारणले म गुप्तमा रुनेछु। म धुरुधुरु रुनेछु र मेरा आँखाबाट आँसुका धारा बग्नेछन् किनभने परमप्रभुका प्रजा कैदमा लगिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूले ध्यान दिएर सुनेनौ भनेता तिमीहरूका घमण्डको कारण म गुप्तमा रुनेछु। परमप्रभुको बगाल कैदमा लगिने हुनाले म धुरुधुरु रुनेछु, र मेरो आँखाबाट आँसुको धारा बग्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूले अझै पनि सुन्न इन्कार गर्यौ भने, तिमीहरूको घमण्डको कारणले म गुप्तमा रुनेछु; आँखामा आँसुको धारा बगाउँदै, म धुरुधुरु रुनेछु; किनकि याहवेहको बगाल कैदी भएर लगिनेछ।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका मानिसहरू यदि तिमीहरूले परमप्रभुको कुरालाई ध्यान दिएनौ भने। म लुक्छु अनि रून्छु। तिम्रो गर्वले मलाई रूने बनाउँछ। म धेरै जोडले रूनेछु। मेरो आँखाबाट आँसु बाढी झैं बग्नेछ? किनभने परमेश्वरको भेंडाको बथान पक्राऊ पर्नेछ।