Jeremiah 13:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई भन्नुभयो, “राजा र राजमातालाई भन् कि तिनीहरू आफ्ना सिंहासनबाट उत्री आऊन् किनभने तिनीहरूका सुन्दर मुकुटहरू शिरबाट खसेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजा र राजमातालाई भन्, “सिंहासनबाट तल झर, किनकि तिमीहरूका शिरबाट गौरवशाली मुकुट खसिजानेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा र राजमातालाई भन्: “तपाईंहरूका सिंहासनबाट ओर्लनुहोस्; किनकि तपाईंहरूका गौरवशाली मुकुटहरू तपाईंहरूका शिरबाट खस्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
यी कुराहरू राजा र राज-मातालाई भन, “राजगद्दीबाट तल झर’ तिमीहरूको गौरवशाली मुकुट तिमीहरूको शिरबाट खसेको छ।”