Jeremiah 13:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो भाग्‍य यस्‍तै हुन्‍छ भनी उहाँले ठहराउनुभएको छ। उहाँले तँसित यस्‍तै गर्न निर्णय गर्नुभएको छ किनभने तैँले उहाँलाई बिर्सेको छस् र झूटा देवताहरूमाथि भरोसा राखेको छस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो हिस्‍सा, मैले ठहराएको तेरो भाग यही हो,” परमप्रभु भन्‍नुहुन्‍छ, “किनभने तैंले मलाई बिर्सेको छस्, र झूटा देवताहरूमा भरोसा राखेको छस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो भाग यही हो, मैले आदेश दिएको तेरो हिस्सा,” याहवेहले घोषणा गर्नुहुन्छ; “किनकि तैँले मलाई बिर्सेर झूटा देवी-देवताहरूमाथि भरोसा गरेको छस्।
Nepali ERV (पवित्र बाइबल)
मेरो योजनाभित्र गाभिएको यो तिम्रो भाग्य हो। यस्तो संयोक किन घट्यो? किनभने तिमीहरूले मलाई त्याग्यौ अनि झूटो देवताहरूमाथि भरोसा गर्यौ।”